दशैँ आजदेखि सुरु
हिन्दुको महान् चाड बडादशैँ आजदेखि पन्ध्रदिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूणिर्मासम्म दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदैछ ।बडादशैँको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
घटस्थापनाका बेला चित्रा नक्षत्र र बैधृति योग परेकाले घटस्थापना गर्नुभन्दा पहिले विधिपूर्वक शान्तिपाठ गर्नुपर्ने उल्लेख गरिएको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।
जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगन लितपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअर्न्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दर्ुगा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ ।
बडादसैँको सातौँ दिन मलुकभर फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन जमरा विर्सजन गरी साँँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।
Friday, October 12, 2007
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment